पर्वत काँग्रेसको अधिवेशनका लागि मुल समिति गठन, उम्मेदवारका लागि शुल्क निर्धारण - News site from Nepal

पर्वत- नेपाली काँग्रेस पर्वतको जिल्ला तथा क्षेत्रीय अधिबेशनका लागि तयारी बैठक सम्पन्न भएको छ । सभापति खिमप्रसाद भुसालको संयोजकत्वमा अधिबेशन आयोजक मुल समिति गठन भएको छ ।
समितिमा साँसदहरु, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, स्थानीय तहका प्रमुखहरु, भातृ संस्थाका प्रमुख सहित भुसालको संयोजकत्वमा १५१ सदस्यीय मुल समिति गठन भएको हो । यस्तै आज बसेको वैठकले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
आर्थिक तथा भोजन व्यवस्थापन समिति विषमकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको छ । प्रचारप्रसार समितिमा प्रेस यूनियन जिल्ला कार्यसमिति लाई जिम्मा दिईएको छ ।
स्वास्थ्य तथा हेल्थ डेस्क समितिका यामप्रसाद शर्मा, सबै क्षेत्रको समन्वय गर्ने गरि सभापति भुसालको नेतृत्वमा समन्वय समिति गठन भएको छ । समन्वय समितिले आकांक्षीहरुको विचमा सम्बाद र छलफल गर्ने भएको छ । सकेसम्म सहमती गर्नका लागि प्रयास गरिने सभापति भुसालले बताउनुभयो । सर्वसम्मत नेतृत्व चयन गर्दा एकताको सन्देश दिन चाहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सबैको सहयोगले महाधिबेशन सफल बनाउनुपर्ने बताउनुभयो । नेतृत्वमा आउन सबैलाई खुल्ला हुने भएकाले स्वाभाविक रुपमा आकांक्षी धेरै भएपनि अन्तत सिमित व्याक्ति मात्रै नेतृत्वमा आउने भएकाले मिलेर उम्मेदवार बन्न सुझाव दिनुभयो । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अन्य पार्टीलाई समेत उदाहरण दिने गरि नेतृतव चयन गर्न सबैले आफ्नो आफ्नो क्षेत्रबाट त्याग गर्न अनुरोध गर्नुभयो ।
वैठकले महाधिबेशनमा उम्मेदवार बन्नेहरुका लागि मनोनयन शुल्क समेत तोकेको छ । पार्टीलाई उक्त शुल्क लाई सहयोग शुल्क नाम दिएको छ । जिल्ला सभापतिका लागि ५० हजार, महाधिबेशन प्रतिनिधी र जिल्ला कार्यसमितिका पदाधिकारीका लागि २५ हजार तोकिएको छ । क्षेत्रीय सभापतिमा १५ हजार र प्रतिनिधीका लागि १० हजार तोकिएको छ । कार्यक्रममा संघीय साँसद लालकाजी गुरुङ, सचिव विश्वप्रकाश प्रसाई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव अशोक उचै ठकुरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!