प्रमुख समाचार

कर्णालीमा ‘फ्लोर क्रस’को भोलिपल्ट प्रधानमन्त्रीको वैठक छलेर प्रचण्ड-माधव छलफल

By लोकतन्त्र अनलाईन

April 17, 2021

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरका एक व्यवसायीको घरमा बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेको भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। कर्णालीमा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल समूहको ४ सांसदले विश्वासको मत दिएको थिए।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता मेत नरहने गरी एमालेले हटाउने निर्णय गरिसकेको छ।

नेकपाको एकता भंग भएपछि पनि दुई नेताहरुबीच पटक पटक भेटवार्ता गरिरहेका छन्। संघीय सरकारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दी बनिरहेको बेलामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।