प्रमुख समाचार

पर्वतको खुर्कोटकी बोनम्यारो रोग पीडित गिरीको उपचारका लागि सहयोगको अपिल

By लोकतन्त्र अनलाईन

January 16, 2021

पर्वत – वोनम्यारो रोगवाट पर्वत खुर्कोटकी नन्दकुमारी गिरी थला परेकी छन् । पर्वत जिल्ला साविक खुर्कोट ८ की गिरी विगत ६ महिना देखी विरामी भएकी छन् । म्याग्दी मंगलाघाट गाउंपालिका वडा नं. ३ मा जन्मिएकी गिरीको २०६९ सालमा विवाह भएको थियो । २५ वर्षिया गिरी लाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व वोनम्यारोले काम नगरेको पहिचान भएको थियो ।