प्रमुख समाचार

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान

By लोकतन्त्र अनलाईन

December 15, 2021

काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

आगामी पुस १ देखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।