पर्वत- पर्वतको मोदी गाउँपालिकामा नेकपा एमाले नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट तेजबहादुर क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने सेती महत सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिबमा हिमलाल पौडेल र उपसचिबमा समिर मल्ल र लक्ष्मी विक निर्वाचित हुनुभएको हो । पदाधिकारी बाहेक बाँकी सदस्यहरु भने यस अघिनै निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बुधवारै एक कार्यक्रमका बीच प्रमाणपत्र तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको बताईएको छ ।