प्रमुख समाचार

भिर्नि झोला टिमको अर्को नयाँ प्रस्तुती “ढाँचा पार्‍यो नभने” कार्तिक ५ मा सार्वजनिक हुँदै

By लोकतन्त्र अनलाईन

October 11, 2021

पर्वत- नेपाली लोकदोहोरीको क्षेत्रमा अत्यन्तै रुचाईएको गीत भिर्नि झोला टिमको अर्को नयाँ कोशेली ढाँचा पार्‍यो नभने बजारमा आउन लागेको छ । चर्चित गायक कृष्ण अखेली र सरस्वती लामिछानेको स्वरमा सजिएको उक्त गीत आगामी कार्तिक ५ गते बजारमा ल्याउँने तयारी गरिएको हो । यो गितको लय र शब्द भने गीतकार शिव अखेलीले रचना गरेका हुन् । अहिलेका व्यस्त मोडल सुनिल क्षेत्री र भद्रगोलकी कलाकार प्रियना आचार्य मुन्निको अभिनयमा म्युजिक भिडियो समेत तयार पारिएको छ । सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको गीतको छायांकन भने दुर्गा पौडेलले गरेका हुन् । पोखराका फेवाताल, फनपार्क, पर्वतको बन्जीजम्प लगायतका ठाउँमा हेलीकप्टर मार्फत नै गीतको म्युजिक भिडियो तयार पारिएको छ । उक्र गीत सरस्वती लामिछानेको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने गायिका लामिछानेले जानकारी दिनुभयो ।