प्रमुख समाचार

पर्वतको पातीचौरमा रहेको पशुपती आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा समिर मल्ल

By लोकतन्त्र अनलाईन

April 10, 2021

पर्वत- पशुपती आधारभुत विद्यालय मोदी २ देउपुर पातीचौरको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । हालै भएको अभिभावकहरुको भेलाले स्थानीय समिर मल्ललाई अध्यक्षमा चयन गरेको हो । नेकपा एमालेका युवा नेता समेत रहेका मल्ल सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा धर्मप्रसाद पौडेल, नन्दकुमारी मल्ल, खिमवहादुर परियार, सुनिता गुरुङ र सुनिता परियार रहनुभएको छ । अध्यक्ष लगायत सदस्यहरु समेत सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष मल्लले विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउनका लागि आफु सक्रिय भएर लाग्ने बताउनुभयो । नजिकमा रहेका निजि बिद्यालयहरु भन्दा पनि उत्कृष्ट बनाउने र गुणस्तर बढेपछि विद्यार्थीहरुको आकर्षंण समेत बढ्ने भएकाले सोहि दिशामा केन्द्रीत हुने बताउनुभएको छ ।