प्रमुख समाचार

नेकपा एमाले पर्वतको बैठक सम्पन्न, बहुमत सदस्य सहभागि, सदस्यता नविकरण थाल्ने

By लोकतन्त्र अनलाईन

April 09, 2021

पर्वत- नेकपा एमाले पर्वतको जिल्ला कमिटि वैठक बिहीवार कुश्मामा सम्पन्न भएको छ । सर्वोच्च अदालतले साविक एमाले र माओवादी पूर्ववत अवस्थामा फकाईदिएपछि पार्टी कार्यालयमा पहिलोपटक बसेको वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले पूर्ववत अवस्थामा नेकपा एमालेको सदस्यता नविकरण अभियान संचालन गर्ने, साविक एमालेका सवै कमिटिहरुलाई यथावत रुपमा परिचालन गर्ने निणर्य गरेको छ । त्यसैगरी पार्टी एकतालाई जोगाउनका निम्ति सवैलाई एकतावद्ध हुन तथा नेकपा हुँदाका कमिटिमा रहेका नेता तथा कार्यकर्ताहरुलाई पनि एमालेमै रहन अपिल गर्ने निणर्य भएको नेता गोविन्द पहाडीले जानकारी दिनुभयो । बैठकमा साविक एमालेका ४२ जना जिल्ला कमिटि सदस्यहरुको सहभागिता रहेको थियो । एमालेका जिल्ला अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न वैठकमा एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटि अध्यक्ष जगत विश्वकर्मा, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर बि पौडेल, प्रेम लामिछाने, देवेन्द्र पाण्डे, राम गिरी लगायतको पनि सहभागिता रहेको थियो । ७२ जना जिल्ला कमिटि मध्ये ४२ जनाको सहभागिता रहेको पहाडीले बताउनुभयो ।