मन्त्रीले रिवन काटे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ताली बजाए ! - News site from Nepal

पर्वत – भौतिक पुर्वाधार तथा यातयात मन्त्री बसन्तकुमार नेम्बाङले रिवन काटेर पुलको उद्घाटन गर्दै गर्दा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संगै उभिएर ताली बजाउँदै हुनुहुन्थ्यो ।
मर्यादाक्रममा मन्त्री नेम्बाङ भन्दा धेरै माथि भएपनि अध्यक्ष तिमिल्सिनाले मन्त्रीलाई पुलको उद्घाटन गर्न लगाएर आफुँले खुसी हुँदै ताली बजाउँदै हुनुहुन्थ्यो ।
पर्वतको आम्बोटखोलामा निर्माण भएको मोटरेबल पुलको उद्घाटन कार्यक्रममा आइतबार यो रोचक दृश्य देखियो । धेरै कार्यक्रमहरुमा पदीय मर्यादाक्रम र आसन ग्रहणमा तल माथि हुने कुरालाई सेत प्रतिष्ठाको बिषय बनाइने गरेको पाइन्छ तर मर्यादाक्रममा धेरै तलको मानिसले कार्यक्रम उद्घाटन गर्दा आफै खुसी साथ सहभागी हुँदै अध्यक्ष तिमिल्सिनाले हार्दिकता देखाएको भन्दै कार्यक्रमका सहभागिले प्रशंसा गरिरहेका थिए । ‘आम्बोट खोला पुल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नै भौतिक पुर्वाधार तथा यातयात मन्त्री बसन्तकुमार नेम्बाङ्ग हुनुहुन्थ्यो ।’ स्थानिय नवराज केसीले भन्नुभयो‘सम्माननीय अध्यक्ष आफै पुगेर ताली बजाएर हौसला मात्रै दिनुभएन, बिकासका लागि पद होइन काम गर्नुपर्छ भन्ने सन्देश पनि दिनुभयो ।’
पर्वतको अम्बोट खोला र रती खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको एकसाथ उद्घाटन भएको थियो । मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोला पुलको भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लाको पुर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा बजेट बिनियोजनका लागि निरन्तर पहल गरिरहनुभएको छ । पुल उद्घाटन कार्यक्रममा आफुँ संगै भौतिक पुर्वाधार तथा यातयात मन्त्री नेम्बाङ्ग, मन्त्रालयका सचिब , सडक बिभागका महानिर्देशक केशबकुमार शर्मा सहित सहभागी हुनुभएको छ ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथा प्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोरलगायत सडक तथा पक्की पुल थुप्रै योजना अगाडि बढेको जानकारी गराउनुभएको थियो । कालीगण्डकी करिडोरको मालढुंगा–बेनी खण्डमा झण्डै १ अर्ब र रानीपानी–फलेबास खण्डमा १ अर्ब २४ करोड रुपैयाको यसै आर्थिक बर्षमा ठेक्का आब्हान भएको छ ।
‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौै । ‘पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदै छ । ग्रामिण सडक सुधार आयोजनाअन्तर्गत १०० किमी सडक पर्वतमा निर्माण हुँदैछ ।’

रती खोलामा निर्माण भएको पुल १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १.७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ । यो पुल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।
यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत यस पुलले जोड्ने छ । अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित हुने भएका छन् ।
अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण भएको हो ।

अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!