प्रमुख समाचार

पर्वतको महाशिलामा ट्रेड युनियन काङ्ग्रेसको समिति गठन, गुटको मान्छे हैन काङ्ग्रेस बनौँ – केन्द्रीय सदस्य जोशी

By लोकतन्त्र अनलाईन

January 08, 2021

पर्वत- नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतले पालिका स्तरमा पनि संगठन बिस्तार गर्न थालेको छ । जिल्लाका सातै पालिकामा संगठन बिस्तार गर्ने लक्ष्य अनुसार आज महाशिला गाउँपालिकामा संगठन बिस्तार गरेको छ । महाशिलामा भएको भेलाले अध्यक्षमा रामवहादुर शाही, महिला उपाध्यक्षमा सरिता खाँड, उपाध्यक्षमा ताराप्रसाद शर्मा, सचिवमा यामलाल सुबेदी, सहसचिवमा जमूना पौडेल अधिकारी, कोषाध्यक्षमा छबिलाल लामिछाने र सहकोषाध्यक्षमा निरज गुरुङलाई चयन गरिएको छ । महाशिला गाउँपालिका स्तरिय ट्रेड यूनियन काँग्रेसको सदस्यहरुमा तिलबहादुर क्षेत्री, ओमवहादुर नेपाली, रेशमवहादुर विक, बुद्धिप्रसाद गुरुङ, भूमीलाल नेपाली, हर्कबहादुर विक र हरिवहादुर सुनार चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशीले काँग्रेस एक ढिक्का भएर देश विकासमा जुटेको बताउनुभयो । उहाँले गुट उपगुट भन्ने कुरा पर्वतमा कसैले पनि नगर्ने र एक ढिक्का भएर संगठनलाई मजवुत बनाईने बताउनुभयो । नेता जोशीले भन्नुभयो,‘ तपाई शेरवहादुर देउवाको मान्छे पनि बन्नुपर्दैन, रामचन्द्र पौडेल, शशांक कोईराला वा सिटौलाको मान्छे बन्नुपर्दैन, काँग्रेस बन्नुहोस,’ उहाँले कार्यकर्तालाई निर्देशन दिँदै भन्नुभयो । जोशीले नेताको मान्छे बन्दा पार्टी कमजोर बन्ने बताउँदै आफु नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन जुनसुकै कुर्वानी गर्न तयार रहको ताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संस विघटन गरेर बदमासी गरेको बताउनुभयो ।

आगामी बैशाखमा चुनाव हुने कुनै आधार नदेखेको बताउँदै जोशीले प्रधानमन्त्री ओलीले वाहानाबाजी गरेर चुनाव पनि टार्ने र निरकुंश कदम चाल्ने आशंका व्यक्त गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य एवं नेपाली काँग्रेसको संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारीले श्रमिक र मजदूरका हकहितको पक्षमा नेपाली काँग्रेस संधै साथमा रहेको बताउनुभयो । नेता तिवारीले काँग्रेसले जनताको पक्षमा हिजो पनि काम गरेको र भोली पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । महाशिला गाउँपालिकामा रहेको पार्टीका नेताहरुको एकतालाई थप मजवुत बनाउन स्थानीय नेता तथा कार्यकर्ताहरुलाई तिवारीले अनुरोध गर्नुभयो । नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसीको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अशोक उचै ठकुरी, नेपाल शिक्षक संघका अध्यक्ष केशवप्रसाद भण्डारी, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, प्रेश युनियन पर्वतका अध्यक्ष माया अधिकारी, नेपालि काँग्रेसका पुर्व सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उज्वल गुरुङ, कुश्मा नगरपालिका ८ चुवाका अध्यक्ष राजकुमार क्षेत्री, नेपाली काङ्ग्रेस महाशिलाका सभापति धनबहादुर गुरुङ, बालिका पढाउ अभियानका संयोजक प्रेम बिक, महिला सङघ महाशिलाकि नेतृ मेघमाया गुरुङ, शिक्षक संघ महाशिलाका अध्यक्ष भिमवहादुर क्षेत्री, महेन्द्र ज्योति माबिका प्रअ गोपाल अधिकारी, जनप्रिय क्याम्पसका स्ववियु उपसभापति किसान थापा, दलित संघका कोषाध्यक्ष ठाकुर रसाईली, नेपाली काँग्रेस महाशिला ५ लुँखुका सभापति डिल्लिराम शर्मा, नेपाल बिद्यार्थी सङघका महाशिला गाउँपालिकाका संयोजक विशाल नेपाली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा धन्यबाद मन्तव्य पालिका स्तरिय ट्रेड यूनियन गठन कार्यक्रमका संयोजक भीमवहादुर क्षेत्री लम्साल, स्वागत ट्रेड यूनियन काँग्रेस जिल्ला कार्यसमितिका उपाध्यक्ष मोतीप्रसाद चुवाई र सञ्चालन सदस्य पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।