प्रमुख समाचार

२४ घण्टामा ५५४ जनामा काेराेना सङ्क्रमण, ५८५ जना डिस्चार्ज

By लोकतन्त्र अनलाईन

January 08, 2021

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २१ रहेको छ । यस्तै पछिल्लाे २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय नाै पुगेको छ ।