प्रमुख समाचार

पर्वतका ६१ वटै वडामा भोली नेपाली काँग्रेसको अधिवेशन, मतदात अधिकृत खटाईयो

By लोकतन्त्र अनलाईन

September 02, 2021

पर्वत- नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि पर्वतमा ६१ वटा वडामा मतदान अधिकृत परिचालन भएका छन् । भदौ १८ हुने वडा अधिबेशनका लागि जिल्लामा निर्वाचन अधिकृत आएपछि हिजो बसेको जिल्ला कार्यसमितिको बैठकले सबै वडामा मतदान अधिकृत खटाएको हो । भदौ १८ गते नै सबै वडामा अधिबेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिले निर्देशन गरेको छ । कुनै भवितव्य नभए सबै वडामा १८ गते नै अधिबेशन हुने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो । जिल्ला कार्यसमितिको बैठकले सौहार्दपूणर् तरिकाले वडाको अधिबेशन सम्पन्न गरि वडा कार्यसमिति, नगर तथा जिल्ला अधिबेशनका प्रतिनिधप्ी छनौट गर्ने बारेमा सबै जिल्ला कार्यसमितिका पदाधिकारीले जोड दिएका छन् । अधिबेशन पश्चात नवनिर्मित वीपी स्मृति भवन पनि उद्घाटन गर्ने तयारी रहेको सभापति भुसालले बताउनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको गरिमालाई आत्मासाथ गर्दै आसन्न महाधिबेशन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेस पार्टीको जीवन्तताका लागि सबै नेताहरुको समान जिम्मेवारी रहेको भन्दै सबैलाई पार्टीको हितमा काम गर्न अनुरोध गर्नुभयो । केन्द्रिय सदस्य जोशीले अहिले धेरैजनाले पद पाउने गरि महाधिबेशन हुन लागेको भन्दै मिलेर प्रतिनिधी छनौट गर्न पनि निर्देशन दिनुभयो । कार्यक्रममा प्रतिनिधीसभाका साँसद एवं पूर्व पार्टि सभापति लालकाजी गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, पूर्व सभापति नवराज गुरुङ, उपसभापति दुर्गावहादुर खत्री, कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, सचिव अशोक उचै ठकुरी, नेता रामशर्मा पौडेल, लेखवहादुर गुरुङ, डिल्लीराम शर्मा लगायतले आसन्न अधिबेशनको सफलताको शुभकामना सहित सुझाव दिनुभएको थियो । निर्वाचन अधिकृत विश्वास आचार्यले महाधिबेशन सफल बनाउन नेता तथा कार्यकर्ताहरुले आजबाटै मिहेनत गर्न सझुाव दिनुभयो । कार्यक्रम पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।