अर्थ/बाणिज्य

कृषि बिकास बैंक लिमिटेड पर्वतद्धारा पकुवाको विश्वज्योती स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण

By लोकतन्त्र अनलाईन

January 01, 2021

पर्वत-कृषि बिकास बैंक लिमिटेड शाखा कार्यलय कुश्मा पर्वतले जिल्लाको एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ११ सिल्मी स्थित विश्वज्योति प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त विद्यालयलाई पाँच थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ । उक्त सामाग्रीहरु कृषि विकास बैंकका प्रमुुख कर्जा अधिकृत उपमहाप्रवन्धक प्रताप सुवेदीले  कुश्मा नगरपलिका वडा नं ११ का वडाअध्यक्ष शिवप्रसाद पौडेल र विद्यालयका शिक्षक खिमलाल शर्मालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

कृषि विकास बैंक लिमिटेड शाखा कार्यलय कुश्मा पर्वतका शाखा प्रवन्धक लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रवन्धक प्रताप सुवेदीले बैंकको सामाजिक उत्तरदायित्व बहन गदै भविष्यका कणर्धार विद्यार्थीलाई प्राविधिक ज्ञान दिई आत्मनिर्भर वनाउन सहयोग पुुग्ने उदेश्यले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले यस्ता सामाग्रीहरुले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई सुचना प्रविधिसँग जोडिन र यसवारे ज्ञान लिन थप मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ न्यौपानेले कृषि विकास बैंकले विगत देखि वर्तमान सम्म राष्ट्रको गरिवि निवारणमा खेलेको भुमिकाको चर्चा गदै बंैकले प्रदान गर्ने अत्याधुनिक सेवाहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका वडा नं ११ का वडाअध्यक्ष एवम् नगरशिक्षा संयोजक शिव पौडेलले सामग्री उपलब्ध गराएकोमा बंैकलाई धन्यवाद दिँदै सम्पुणर् शिक्षक हरुलाई विद्यार्थीहरुको सिकाइ सहजीकरणको लागि शैक्षिक सामग्रीको संरक्षण गर्दै प्रयोगमा ल्याउन आग्रह समेत गर्नुभएको थियो । कृषि विकास बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुख महेश पौडेलले संचालन गर्नुभएको कार्यक्रममा वडा नं. ११ का वडासदस्यहरु बाबुराम पौडेल, राधिका सुवेदी, बाबुराम नेपाली, स्थानीय समाजसेवी, विद्यालयका शिक्षक, शिक्षिकाहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।