
पर्वत– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्नका लागि विशेष योजना बनाएर अघि बढ्न काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय तहहरुलाई आग्रह गर्नुभएको छ ।
जोशीले सोमवार एक प्रेस नोट जारी गर्दै बेरोजगार र गरिबी तथा विपन्न परिवारहरुको पहिचान गरी राहत प्याकेज घोषणा गर्न स्थानीय सरकारहरुलाई सुझाव दिनुभएको छ ।
स्थानीय नागरिकहरुको जीवनको सुरक्षाको पहिलो दायित्व स्थानीय सरकारहरुकै भएकाले गाउँ गाउँगाउँमा आवश्यक जनचेतनाका कार्यक्रम संचालन गर्न उहाँले आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहनुभएका जोशीले आवश्यकता अनुसार क्वारेन्टाईन, सरक्षीत एकान्तवास, लगायत मातहतका स्वास्थ्य संस्थाहरुमा पनि आश्यक औषधी र चिकित्सकहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो महिनामा आफ्नो छर छिमेक, टोल, बस्तीहरुमा विदेशवाट आएकाहरुको समेत विस्तृत पहिचान गरी आवश्याता अनुसार क्वारेन्टाईन वा आईसोलेशनमा राख्नपर्ने बताउँदै लडक डाउनलाई पुर्ण रुपमा पालना गर्न पनि स्थानीय तहहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेता जोशीले विपन्न घर परिवार, पहिचान, स्थानीय सर्भेक्षण, रोजगार सूचना संकलन र वितरण जस्ता महत्वपुर्ण कार्यक्रमहरु स्थानीय सरकार र वडाहरल्े संयन्त्र नै तयार गरी सोहि निकायमार्फत प्रभावकारी गराउन सकिने भएकाले स्थानीय सरकारहरुले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने बताउनुभएको छ ।
जोशीले स्थानीय तहहरुले केहि समयका लागि घर जग्गा, घर वाहल कर छुट मिलाउन पहल गर्न पनि आग्रह गर्नुभएको छ । त्यसैगरी दैनिक ज्यालादारी र न्यून आय भएका नागरिकहरुका लागि दैनिक गुजारा चलाउन, नागरिकहरुलाई भोकमरीवाट बचाउन, आन्तरिक रुपमा कोष खडा गरी राहतमुलक कार्यक्रम संचालन गर्न समेत आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख समेत रहनुभएका जोशीले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको संकट समाधानका लागि नेपाली काँग्रेस तीनै तहका सरकारलाई जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको बताउँदै सरकारले आवश्यक गृहकार्यका साथ अघि बढ्न समेत सुझाव दिनुभएको छ ।