प्रमुख समाचार

पर्वतको महाशीलाले पठायो कोरोनाले अलपत्र परेका मजदुरहरुलाई गृहजिल्लामा

By लोकतन्त्र अनलाईन

March 29, 2020

पर्वत-  विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोनाको संक्रमणपछि विभिन्न विकास निर्माणका कामपनि रोकिएका छन् । विकास निर्माणका काम रोकिएपछि अलपत्र बनेका मजदुरहरुलाई पर्वतको महाशीलाले उनिहरुको घर पठाएको छ । सरकारले लक डाउन घोषणा गरेपछि अलपत्र जस्तै बनेका उनिहरुलाई आइतवार जीपमार्फत गन्तव्यमा पठाईएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरु विगत पाँच महिनादेखि लुंखुदेउरालीमा कार्यरत११ जना मजदुरहरुलाई आइतवार उनिहरुको घरतर्फ जीपनै रिजर्भ गरेर पठाईएको हो । उनीहरुलाई महाशीलामा रहेको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रका डा. बद्री अर्यालद्धारा स्वास्थ्य परिक्षण गरेर पठाईएको हो । उनिहरु दाङ र सल्यानका रहेका छन् । मजदुरहरु लुंखुदेउरालीमा बन्न लागेको बहुउद्धेश्यीय भवन र सडक र स्थानीय महेन्द्रज्योती माविको भवन निर्माणमा कार्यरत रहेका थिए । महाशीला गाउँपालिकाले विभिन्न योजनाहरुमा कार्यरत रहि अलपत्र परेको भएमा सम्पर्क गर्न आग्रह गरेको छ । कोहि अलपत्र परेको भएमा सम्वन्धित ठाउँमा पठाईने प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।