प्रमुख समाचार

गण्डकीमा थपिए १ सय १३ संक्रमित, कास्कीका ७८

By लोकतन्त्र अनलाईन

October 28, 2020

पोखरा-  गण्डकी प्रदेशमा थप १ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ६ जिल्लामा १ सय १३ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका ७८ जना छन् । नवलपरासीमा १६, स्याङ्जामा १२, तनहुँ, गोरखामा ३/३ र मुस्ताङमा १ संक्रमित थपिएका छन् ।

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । तीमध्ये ४ हजार १४ जना निको भएका छन् भने ६९ जनाको ज्यान गएको छ ।