पत्र-पत्रिका

नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढ्दो, किट भने ५० हजार मात्र बाँकी

By लोकतन्त्र अनलाईन

May 28, 2020

काठमाडौं- कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो । १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । राजधानी दैनिकबाट