
पर्बत- बिश्वभरी फैलीरहेको कोरना भाईरसको त्रासका कारण नेपाल पनि अक्षुतो छैन ।
हामिले यो समाचार तयार पर्दा सम्म बिश्वभर २७ हजार ३ सय ७१ जनाको ज्यान गईसकेको छ भने ५ लाख ९८ हजार बढी सक्रमितको सख्या रहेको छ । जस मध्ये नेपालमा पनि ४ जना सक्रमितको सख्या देखि सकेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल पनि अहिले लकडाउनको अबस्थामा रहेको छ ।
अत्याबश्यक काम बाहेक घरबाहिर ननस्किन सरकारले आग्रह गरेको छ भने अति आबश्यक र अनुमति प्राप्त सबारी साधन मात्र सडकमा गुडिरहेका छन् । यस्तो समयमा बिहान बेलुकी ज्याला मजदुरी गरी छाक टार्न मजदुरहरुको अबस्था दिनप्रतिदिन दयनिय बन्दै गईरहेको छ । कतिपयले अहिले सम्म संकलन गरीरहेको अन्न तथा धन सम्पती मार्फत किनेर खाईरहेका छन् भने कतिपय भोकभोकै मर्ने पर्ने स्थितिको सृजना भएको छ ।
यो बिषम घडिमा पर्बतमा रहेको राष्ट्रिय युवा संघ पर्वतले बर्तमान संकट को अबस्थामा दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने अबस्थामा रहेका मजदुरहरुलाइ केही समयको लागि खाद्यान्न उपलब्ध गराउने तयारी गरेको छ ।
संघले जिल्ला भित्र रहेका मजदुर बर्गहरुको पहिचान गरी केहि समयको लागि खाद्यन्न उपलब्ध गराउने तयारीमा जुटेको राष्ट्रिय युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले जानकारी दिनुभएको छ । संघले राष्ट्रिय युवा संघका नेताहरुसग समन्वय गरि यस्तो कामको थालनी गर्न लागेको युवा संघका नेता अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।
सहयोग गर्ने सहयागि मनहरुको लागि संघले खुलेर सहयोग गर्न अपिल समेत गरेको छ ।