प्रमुख समाचार

कोरोना संक्रमित युवती संगै आएका बागलुङ्गका युवा पर्वतको आईसोलेसनमा

By लोकतन्त्र अनलाईन

March 26, 2020

पर्वत- कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवालाइ आइसोलेसनमा भर्ना गरिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका युवालाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । बागलुङ्ग जिल्लामा घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बसेका ती युवालाई परिक्षणका लागि आइसोलेसनमा राखिएको पर्वत अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिनुभयो । ‘युवती संगै एउटै बिमानमा आएका कारण परिक्षणका लागि आइसोलेसनमा राखिएको हो’ डा. देबकोटाले भन्नुभयो‘अहिले ती युवाको अबस्था सामान्य छ ।’ उनमा कोरोना संक्रमणका लक्षण देखिएका छैनन । कोरोनाको संक्रमणका लक्षणहरु देखिएको अबस्थामा मात्रै स्वाब परिक्षणका पठाइने डा. देबकोटाले बताउनुभयो ।