प्रमुख समाचार

म घरबाटै सरकार चलाउँदैछु, तपाईंहरु पनि घरमै बस्नुस् : प्रधानमन्त्री

By लोकतन्त्र अनलाईन

March 25, 2020

 

काठमाडौं : कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनको दोस्रो दिन चलिहरँदा प्रधामन्त्री केपी शर्मा ओलीले देशबासीलाई घरमै बसिदिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत एउटा सन्देश जारी गर्दै देशवासीलाई यस्तो आग्रह गरेका हुन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईंहरु पनि घरमै बसिदिनुस्।’ गत फागुनमा मिर्गौला प्रत्यारोपण गरेयता प्रधानमन्त्री ओलीले आराम गरिरहेका छन्। मिर्गौला प्रत्यारोपण गरेयता ओलीले एक पटक मन्त्रिपरिषद्को बैठक राखेका छन्।  कोरोना भाइरससँगको सम्भावित जोखिमसँग न्यूनीकरणको जिम्मेवारी यतिबेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्हालिरहेका छन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजकका रुपमा पोखरेलकै अध्यक्षतामा बस्ने बैठकले लकडाउनसहितका सबै निर्णय गर्दै आएको छ।