पर्वतको भुकताङ्गलेमा कांग्रेसको अन्तरक्रिया : यो सरकारले जनतालाई निरासा बाहेक अरु केहि दिन सकेन ः केन्द्रीय सदस्य जोशी - News site from Nepal

ठाकुर रसाईली
पर्वत-  मोदी गाउँपालीका १ भुकताङ्गलेमा नेपाली कांग्रेस वडा समितीको आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले भुकदेउराली गाउँ नेपाली कांग्रेसलाई पर्दा संधै अगाडि सरेको स्मरण गर्दै गाउँबासीलाई संधै कांग्रेसलाई संगठित गर्दै लाग्न आह्वान गर्नुभएको ।

त्यस्तै नेता जोशीले आफू अहिले चुनाबमा पराजित भएपनि जनताको मनोबल हार्न नदिनको लागी गाउँगाउँमा पुगेको बताउँदै कांग्रेस संधै जनताकै दु:खसुखमा रहेको बताउनुभयो । अर्को प्रसंगमा नेता जोशीले अहिलेको सरकारकै मन्त्रीहरु बिकास भन्दा भ्रस्टाचार अनियमिततामा डुब्दै गएकाले जनतालाई निरासा बाहेक अरु दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति नबराज गुरुङले कम्युनिस्ट सरकारले जनताको पक्षमा काम नगरी आफै कमाउ धन्दामा लागेर दिनप्रतिदिन भ्रष्टाचार अनियमिततामा फस्दै गएको बताउनुभयो । त्यस्तै नेता गुरुङले नेपाली कांग्रेस पार्टी इतिहासदेखी नै जनताको पक्षमा काम गरेको पार्टी भएकाले यो देशका जनताहरु कम्युनिस्ट सरकारबाट आत्तिएर कांग्रेसलाई नै खोजेको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले आफू जनताको प्रतिनिधिको रुपमा प्रदेश सभामा आवाज उठाउँदै आएको र जनताकै सुखदुःखमा उपस्तिथित रहेको बताउनुभयो । अहिले हरेक ठाउँमा कम्युनिस्ट बहुमतको सरकार एकलौटी तरिकाले अगाडि बढेको बताउनुभयो । त्यस्तै कम्युनिस्ट संग लडेर आफू हरेक बिकास निर्माणमा जनता संग सहकार्य गरिरहेको बताउनुभयो ।
पुर्व जिल्ला बिकास समिती उपसभापति रामशर्मा पौडेलले कम्युनिस्टहरु कांग्रेसले गरेका काम हामीले गरेको भन्दै गाउँगाउँका जनतालाई ढाँट्डै हिंडेकाले जनता सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पुर्व क्षेत्रिय सभापति बलभद्र शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य डा. चुडामणी शर्मा, कार्यबाहक वडा अध्यक्ष भुल बहादुर पौडेल, स्थानीय अगुवा महिला हरिमाया गुरुङ, स्थानीय नेता राम बहादुर गुरुङ, लोक बहादुर गुरुङ, गिरिमान गुरुङ, कुम बहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस भुकका सभापति जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तेज प्रसाद शर्मा पौडेल र संचालन रुद्र तिमिल्सिना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!