पत्र-पत्रिका

खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी

By लोकतन्त्र अनलाईन

December 21, 2020

काठमाडौं –  सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजनिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरुका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ ।

कार्ययोजनाबमोजिम खरिद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक आमग्री, औषधि तथा उपकरणहरुका लागि छुट्याइएको बजेट मध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने जनाइएको छ ।

जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरुलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गर्ने उल्लेख छ । आकस्मिक प्रयोजनका लागि खरिद गर्न १५ प्रतिशत संघ र ५–५ प्रतिशतका दरले हरेक प्रदेशमा उपलब्ध गराइने उल्लेख छ । कारोबार दैनिकबाट