लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको धाईरिङमा महिला संघ गठन : दुई तिहाईको सरकार एकपछि अर्को काण्डमा फसेर सकिँदै : केन्द्रीय सदस्य जोशी - News site from Nepal

ठाकुर रसाईली
पर्वत-  नेपाली कांग्रेस जलजला ७ धाइरिङ्गको आयोजमा नेपाल महिला संघ वडा समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको भेलाले तुलसी देवी आचार्यको अध्यक्षतामा २३ सदस्यीय महिला संघ वडा समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले नबगठित महिला संघलाई बधाई दिंदै कांग्रेसको निति नियम अनुसार संगठन सुदृढीकरणमा लाग्न आह्वान गर्नुभयो ।
नेता जोशीले महिलाहरु घरको काममा मात्रै नभएर सामाजिक काम र उद्धमशीलता तर्फ लाग्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै नेता जोशीले अहिलेको दुईतिहाईको सरकार एकपछि अर्को काण्डमा फसेको बताउनुभयो । बलियो सरकार भएको बेला जनतालाई बिकास र समृद्धि दिनुपर्नेमा सरकारका मन्त्रीहरु अनियमितता भ्रष्टाचारको प्रतिस्पर्धामा लागेको बताउनुभयो ।
यो सरकारले कर, महगी, बलात्कार, त्रास भ्रष्टाचार जस्ता कुराहरु मात्रै दिएर जनतालाई आत्तिने बनाएको छ यो अबस्थामा कांग्रेस जनताको सेवक भएर लाग्ने समेत नेता जोशीले बताउनुभयो ।


कार्यक्रममा नेपाल महिला शंघ पर्वतका कार्यबाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली कांग्रेस जलजला गाउँपालिका अध्यक्ष चन्द्र बहादुर जिशी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रुद्रलाल उपाध्याय जलजला गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजा पुन, स्थानीय कांग्रेस नेता दण्डपाणी रिजाल तरुण दल जलजला उपाध्यक्ष टीका मल्ल, स्थानीय सकुन्तला आचार्य तुलशी आचार्य, देबी पौडेल, शुशिला आचार्य, समाजसेवी जेसुदा बिश्वकर्मा, शहनशील आमा समुह धाइरिङ्गका अध्यक्ष लक्ष्मी आचार्य लगायतले बोल्नुभएको थियो ।
जलजला गाउँपालिका ७ धाइरिङ्गका कांग्रेस सभापति राजु आचार्यको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा स्वागत महिला संघ क्षेत्रिय प्रतिनिधि लक्ष्मी हमाल आचार्य र संचालन कांग्रेस क्षेत्रीय सदस्य इन्द्र प्रसाद आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!