पर्वत/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिकाले आफ्ना असन्तुष्टीहरु व्यक्त गर्दै गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरुले गाउँपालिका उपप्रमुख सिमा गर्वुजा पुन र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
गाउँपालिकाका प्रमुखलाई सम्बोधन गरि लेखिएको ज्ञापनपत्रमा संघिय गणतन्त्रको पहिलो माग शासनमा जनताको पहुँच भन्ने रहेको भएपनि गाउँपालिका र मातहतका वडाध्यक्षहरुले नेकपालाई बेवास्ता गर्दै राजनैतिक मनोमानी गरेको आरोप लगाइएको छ ।
ज्ञापन पत्रमा नेपाल सरकार र स्थानीय सरकारबाट प्राप्त हुने हुने बजेट जनसंख्याका आधारमा प्रत्येक वडामा वितरण नगरिएको, संघ र प्रदेशबाट आएका बिकास योजना कार्यान्वयनमा सहकार्य नगरेको, उत्पादन र वितरणको आधारमा कर प्रणाली लागु नगरिएको, गाउँपालिकाले अनावश्यक नियुक्त गरेर राखिएका करार कर्मचारीहरुलाई सम्मानपूर्वक बिदाई गर्नुपर्ने, रोजगारीका अवसरमा पालिका भित्रका बासिन्दालाई पहिलो प्राथमिकता नदिएको, सार्वजनिक सम्पत्तिलाई पालिकाको नियन्त्रणमा नलिएको, सकुम्बासी समस्याको समाधान नगरिएको, संघिय नियमावलीको आधारमा स्थानीय नियमावली परिषदबाट पास गराई राजपत्रमा उल्लेख नगरिएको तथा यसो नगरी बनाइएका विद्यालय व्यवस्थापन समितिहरुलाई मान्यता दिन नहुने, शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप तथा अनियमितताहरु भएको, दलित तथा जनजातिमाथि भाषिक तथा सामाजिक विभेद गरिएको, पालिकाभित्रका जनप्रतिनिधि तथा एकै घरभित्रका परिवारलाई उपभोक्ता समितिको पदाधिकारी बनाइएको, वडाबाट सिफारिस दिँदा लिइने दस्तुर उपयुक्त नभएको, राजनीतिक विचारका आधारमा सिफारिस दिने गरिएको, वडा तथा गाउँपालिकाबाट सर्वसाधारण एव उपभोक्ता समितिहरुलाई आवश्यक पर्ने सिफारिसहरु तत्कालै उपलब्ध नगराइएको आरोप लगाइएको छ ।
ज्ञापन पत्रमा राखिएका मागहरु पूरा नगरेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत नेकपाले दिएको छ । नेकपा जलजला गाउँपालिकाका अध्यक्ष दीपक आचार्यले आपूmहरुले गाउँपालिकाको हित गर्ने खालका मागहरु राखेकोले ती मागहरु पूरा हुनैपर्ने बताए । ‘गाउँपालिकामा सबै दलहरुप्रति आस्था राख्नेहरु छन भन्ने कुरा अहिलेका जनप्रतिनिधिहरुले बुभ्mनुपर्छ ।’ उनले भने, ‘हाम्रा यी जायज मागहरुको सुनुवाई नगरी माग पूरा नगरिए अहिले ज्ञापन बुझाएका हामीहरु फेरि चरणबद्ध आन्दोलनमा जाने छौँ ।’
गाउँपालिकाका प्रवक्ता भिष्म मल्लले भने नेकपाले लगाएका आरोपहरु सरासर झुटा भएको बताउँदै आपूmहरुले सबै कामहरु नियमपूर्वक नै गरेको बताए । पालिकामा योजना माग गर्न आउँदा थोरै घरहरु मिलेर सबैलाई नसमेटी आएका कारण सबै गाउँ र टोल नसमेटीएको योजना दिन नसकिने बताउँदै केही व्यक्तिहरुलाई फर्काएकै कारण नेकपाका कार्यकर्ताहरु रिसाएको दावी मल्लको छ । ‘उनीहरुले नै बरु अरुलाई वायस गरिहेका छन, २÷४ घर मिलेर योजनाको माग गर्छन, गाउँका अरु घरलाई नसमेटेको योजना कसरी स्वीकृत गर्न सकिन्छ ?’ उनले भने, ‘बरु उनीहरुकै पार्टीका मान्छेले सिफारिस दिएका छैनन् । हामीले त नागरिकलाई दुःख दिने काम कहाँ गर्न सक्छौँ ? गर्न पनि हुँदैन् ।’ कर्मचारीहरु नियुक्त गर्दा राजनीतिक हस्तक्षेप भएको भन्ने भनाईमा प्रवक्ता मल्लले पालिकाले कर्मचारी राख्दा कुनै पनि हस्तक्षेप नगरेको दावी गर्दै विषय विशेषज्ञहरु राखेर मात्र नियुक्त गरिएको बताए । कर प्रणालीको बिषयमा पनि कुनै समस्या नरहेको उनको भनाई छ । ‘गाउँपालिकाका प्रमुखले सहकार्यबाट सबै सफल बन्न सकिन्छ भनेर उनीहरुका मान्छे राख्दै छलफल गरेर अगाडि बढीरहनुभएको छ त ।’ नेकपाले जितेका ४ ओटा वडाहरुमा काँग्रेसमा आस्था राखेकै कारण काँग्रेसका कार्यकर्ताहरुले दुःख पाएको कुरा ज्ञापन पत्रमा उल्लेख नगरिएको भन्दै प्रवक्ता मल्लले भने, ‘आपूmहरु थोरै टसमस नसहने ? उनीहरुले जितेका वडाहरुमा काँग्रेसमा आस्था राख्ने कार्यकर्तामाथि उनीहरुले के गरेका छन ? उपभोक्ता समिति कसरी बनाएका छन् ? हामीलाई सबै थाहा छ । तर त्यो कुरा पनि त ज्ञापन पत्रमा आउनुपर्ने ।’ आप्mना गल्तीहरु लुकाएर प्रतिशोधका आधारमा १४ बुँदे माग ल्याएको उनको दावी छ ।
९ ओटा वडा रहेको जलजला गाउँपालिका वडा नं. २, ३, ४ र ८ मा नेकपाले जितेको थियो भने बाँकी रहेका वडा तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस बिजयी भएको थियो ।

