प्रमुख समाचार

नेकपा पर्वतका नेता भक्त कुँवरलाई मातृशोक

By लोकतन्त्र अनलाईन

January 21, 2020

पर्वत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका जिल्ला कार्यालय सदस्य तथा युवा नेता भक्त कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ७५ वर्षिया माता डिलकुमारी कुँवरको सोमवार साँझ ६ बजे निधन भएको छ । मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा रहेको निवासमै उहाँको निधन भएको हो । स्वर्गिय कुँवरको आज मोदी गाउँपालिका वडा नंं. ५ पातीचौरमा दिउँसो १२ बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्गिय कुँवरका तीन छोरा भक्त, भुपेन्द्र र डम्बर कुँवर रहेका छन् । उहाँ लामो समयदेखि दम र पछिल्लो समय नशासम्वन्धी समस्याले पिडित हुनुहुन्थ्यो ।