शिक्षा

कुश्माको राष्ट्रिय बाल शिक्षाले पनि प्रजातन्त्र दिवसमा गर्यो सरसफाई

By लोकतन्त्र अनलाईन

February 20, 2020

पर्वत– प्रजातन्त्र दिबसको अवसरमा पारेर राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजि आवासिय माबि कुश्मा पर्वतले कुश्मा बजार सरसफाई गरेको छ । आँफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेर घेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबै मिलेर थालनि गर्नुपर्छ भन्ने उदेश्यका साथ बिद्यालयले सरसफाई थालेको जनाएको छ । बिद्यालयको स्काउट ट्रूपद्वारा आयोजित बिद्यालय क्षेत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबक, शेयर सदस्यहरू को उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यालय सञ्चालक समितिका कोषाध्क्ष लेखनाथ शमार्, प्रिन्सिपल थानेश्वर ढकाल, अभिभाबकहरू दामोदर क्षत्री, केदार सुवेदी लगायतले स्काउट शिक्षक मिना खड्कालाई संयुक्त रूपमा सरसफाई सामाग्रि हस्तान्त्रण गरेर कार्यक्रमको सूरूवात गरिएको थियो । बिद्यालय वरपरका सडकहरूका प्लास्टिक जन्य फोहोर बस्तुहरूको सरसफाई गरिएको प्रिन्सिपल थानेश्वर ढकालले जानाकारी गराउनुभयो ।