सरकारको रवैयाले लोकतन्त्र धरासायी ः काँग्रेस नेता जोशी - News site from Nepal
सरकारको रवैयाले लोकतन्त्र धरासायी ः काँग्रेस नेता जोशी

पर्वत – नेपाली काँग्रेसका त्रियाशिल सदस्य तथा साविक चित्रे गाविसका सभापति महेश्वर पौडेलकी आमा स्वर्गीय गौरी पौडेलको स्वर्गारोहणको १३ औं दिनको पूणर्य तिथिमा श्रदाञ्जली सभा डिमुवामा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै सभाका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गीय गौरी पौडेलले नेपाली काँग्रेसमा एक दशक देखि गरेको त्याग र योग्दानको चर्चा गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैयधारण गर्नसक्ने शक्ति प्राप्तिको कामना गर्नुभयो । उहाँले फरक प्रंसगमा बोल्दै वर्तमान सरकारको रवैयाका कारण लोकतन्त्र, प्रजातन्त्र र मानवअधिकार दैनिक हनन भएको भन्दै यसको रक्षार्थ नेपाली काँग्रेस अब शशक्त भएर भिड्ने बताउनुभयो । जनताले प्रतिपक्ष खोइ भन्दै भूमिका माथि प्रश्न गर्दा न्याय, शान्ति र मैलिक हक दिलाउन लड्ने पार्टी सबै संयन्त्रमा जोड्दारका साथ उत्रिन आग्रह गरेको बिश्लेषण गर्नुभयो । दुई तिहाइको दम्भमा रहेको सरकार सधै रहिरहन नसक्ने हुँदा जिल्ला भित्रका प्रसासन र प्रहरी सवैले निश्पक्ष काम नगरे काँग्रेसको सरकार आउदाँ यसको प्रतिफल भोग्ने भन्दै जनता प्रति समर्पित हुन सुझाउनुभयो ।
शोकसभामा नेपाल तरुण दलका केन्द्रिय उपाध्यक्ष विद्धान गुरुङ,नेपाली काँग्रेस यातायात विभागका केन्द्य्रिय सदस्य शिव सुवेदी, प्रदेश सांसद ललितकला गुरुङ,कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछाने, पूर्वपार्टी सभापति नवराज गुरुङ,नेपाली काँग्रेसका माहसमिति सदस्य मिना के.सी, जिल्ला सदस्य डाक्टर चुणमणी शर्मा, मोदी गाउँपालिका ६ का सभापति दिपेन्द्रजगं लामिछाने, स्वर्गीय गौरी पौडेलका नाती शिव पौडेल लगायतले शोक मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस मोदी गाउँपालिकाका सभापति जीवनाथ शर्माको अध्यक्षतामा भएको सो शोक सभाको संचालन नेपाली काँग्रेस चित्रेका पार्टी सचिव बिष्णु ढुङगानले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!