प्रमुख समाचार

एसईई परीक्षा स्थगित

By लोकतन्त्र अनलाईन

March 18, 2020

काठमाण्डाै – कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेकाे बैठकले अर्काे सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विभागले परीक्षाको अर्काे मितिको सूचना निकालेर जानकारी गराउने निर्णय गरेको छ ।