File photo

प्रमुख समाचार

पर्वतमा भोलीदेखि हुने एसईई परिक्षाको सवै तयारी पुरा, झण्डै २७ सय परिक्षार्थी

By लोकतन्त्र अनलाईन

March 18, 2020

पर्वत– पर्वतमा बिहीवारदेखि शुरु हुने एसईई परिक्षाको सवैजसो तयारी पुरा भएको छ । बिहीवारदेखि शुरु हुने परिक्षाको सवैजसो तयारी पुरा भएको हो । एसईई परिक्षाका लागि यस वर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको छ । यस वर्ष पर्वतवाट २ हजार ६ सय ८० जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् । जस मध्ये छात्रा १३ सय ८६ जना रहेका छन् भने छात्रको संख्या १२ सय ९४ रहेको छ । ग्रेड बृद्धिका लागि पनि पर्वतमा ९१ जना विद्यार्थी सहभागि हुनेभ एका छन् । त्यसैगरी १९ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष १८ जना परिचालन गरिने छ । त्यसैगरी हरेक दिन १ सय ३१ जना निरिक्षक खटिने छन् भने परिक्षा सहायक २७ जना खटिने भएका छन् । त्यस्तै परिचर ५२ जना हरेक परिक्षा केन्द्रमा १५ जनाको दरले ५३२ जना सुरक्षा कर्मि परिचालन गरिने जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । प्रत्येक परिक्षा केन्द्रमा हेल्थ डेक्सको व्यवस्था गर्न पालिकालाई परिपत्र गरिएको छ । परिक्षाको तयारी अन्तर्गत उत्तर पुस्तिका हरेक केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपश्त्र नजिकको प्रहरी चौकीमा पुगेको पौडेलले बताउनुभयो ।