मुख्य समाचार

पर्वतको ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको अध्यक्षमा सुवेदी

By लोकतन्त्र अनलाईन

February 18, 2020

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा गोकर्ण सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा ज्योतिन्द्र पौडेल, रामबहादुर गदाल, राधिका परियार, लक्ष्मी बि.क. र माया सापकोटा रहनुभएको छ । सोमवार विद्यालयमा भएको अभिभाबकहरुको भेलाले उक्त समिति सर्वसम्मत रुपमा चयन गरेको बताईएको छ । अध्यक्ष सुवेदी सोहि विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक समेत हुनुभएको छ ।