प्रमुख समाचार

पर्वतको फलेवास नगरपालिकाद्धारा प्रमुख अधिकृत सापकोटा सहित सात जना कर्मचारीलाई एकैपटक विदाई

By लोकतन्त्र अनलाईन

February 17, 2020

पर्वत– पर्वतको फलेवास नगरपालिकामा कार्यरत रहि अन्यत्र सरुवा भएका र अवकास प्राप्त सात जना कर्मचारीलाई आइतवार एक समारोहका बीच बिदाई गरिएको छ । साढे दुईवर्षदेखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत मोतीराम सापकोटा अध्यागमन विभागमा सरुवा भएपछि उहाँलाई विशेष सम्मान सहित विदाई गरिएको छ । त्यसैगरी नगरपालिकाका स्थापना कालमा कार्यकारी अधिकृतको रुपमा कार्यरत चिन्तामणी गौतम, लेखा अधिकृत धनपति पौडेल, पशु अधिृकत विष्णुबहादुर पाण्डे, कृषि अधिकृत ढाकाराम सुवेदी, लेखापाल जगत बहादुर नेपाली र कार्यालय सहयोगी टोपप्रसाद तिवारीलाई विदाई गरिएको हो । गौतम, सुवेदी र तिवारी भने सरकारी सेवावाट नियमीत अवकास अन्तर्गत अवकास भैसक्नुभएको छ । उहाँहरुलाई दोसल्ला, प्रसंसा पत्र र माला लगाएर बिदाई गरिएको थियो ।

विदाई समारोहमा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाण्ी शर्माले राज्यको स्थायी प्रतिनिधिको रुपमा रहेका कर्मचारीहरु निष्पक्ष र स्वतन्त्र भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फलेवास नगरपालिकालाई पद्धति र विकासको मार्गमा अघि बढाउन खेलेको भूमिकाप्रति प्रसंसा गर्दै आगामी दिनमा पनि फलेवासमै कार्यक्षेत्र बनाएर आउन आग्रह गर्नुभयो । उहाँले विदाई भएका कर्मचारीहरुको थप उज्ज्वल भविष्को समेत कामना गर्नुभएको छ । कार्यक्रममा विदाई भएर जान लाग्नुभएका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले फलेवास नगरपालिका विकास निर्माण, नीति नियम निर्माणको हिसावले अग्र स्थानमा रहेको बताउँदै नगरको समग्र विकासका लागि निस्वार्थ रुपमा सेवामा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । अहिलेसम्म पद्धति निर्माणमा समय खर्चिएको बताउँदै बाँकी दिनमा समृद्ध नगर बनाउनतर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा फलेवासका नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत सुरेश न्यौपाने, लेखा अधिकृत यशोदा सुवेदी लगायत कर्मचारी र जनप्रतिनिधिहरुले पनि बिदाई गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए ।