काँग्रेसले गरेका काम उद्घाटन गरेर नेकपाका नेताले राजनीति गरे ः नेता जोशी - News site from Nepal

साजन परियार
पर्वत– समाजसेवी एवं राजनीतिका अग्रज शहिद हरिदत्त तिवारीको १७ औँ स्मृति दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा फलेवास नगरपालिका भित्रका अगुवा काँग्रेस कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै शैक्षिक सामग्री वितरण र सम्मान कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।
शहिद हरिदत्त तिवारी स्मति प्रतिष्ठान नेपालको आयोजनामा भएको नगरस्तरिय प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिकाका ११ वटै वडाका ३ सय भन्दा बढि काँग्रेसका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई माथि उठाउने गरी आ–आफ्ना ठाउँवाट सबैले भूमिका खेल्नुपनेमा जोड दिनुभयो । काँग्रेस सँधै जनताको साथमा रहेको र भावीदिनमा पनि जनताको साथमा रहने बताउँदै नेता जोशीले जनताको मनोभावना बुझेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
काँग्रेसले गरेका विकास निर्माणका कामलाई प्रचारप्रसार गर्न नसक्दा पार्टी आज कमजोर अवस्थामा पुगेको बताउँदै जोशीले सरकारको कार्यप्रति काँग्रेसले सदन र सडकवाट सरकारको सहि कामलाई समर्थन र गलत कामको खुलेर खवरदारी गर्ने उद्घोष गर्नुभयो ।
कार्यक्रमका प्रशिक्षक समेत रहेका नेता जोशीले काँग्रेसले गर्नुपर्ने काम र भावी रणनितिका विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक किशोरदत्त बरालले काँग्रेस रुपान्तर, संगठन र भावि कार्यदिशाका विषयमा जानकारी गराउनु भएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले कार्यकर्तालाई सक्रिय बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । शहिद हरिदत्त तिवारी स्मति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक एवम् महासमिति सदस्य गंगाधर तिवारीले समाजप्रति आफ्नो बुवाले देखाएको निष्ठा र कर्तव्य आफुले कहिल्यै नभुल्ने बताउँदै निरन्तर जनताको सेवामा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल रामकष्ण, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, फलेवास नगरपालिकाकी उपमेयरकी प्रत्यासी रेखा गुरुङ, फलेवास नगरपालिका–११ पाङराङका वडा अधयक्ष जितवहादुर सुनार शेरवहादुर,नेपाली काँग्रेस पवतका सदस्य डाक्टर चुडामणि शर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदी, नेपाल महिला संघ पर्वतकी सचिव मुना शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो ।
शहिद हरिदत्त तिवारी स्मति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुनवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानले महादेव आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विभिन्न व्यक्तहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव नरवहादुर थापाले गर्नुभएको थियो । तत्कलिन नेपाली काँग्रेसका क्षेत्रीय सभापती रहेका हरिदत्त तिवारीलाई माओबादीले पुस मसान्तीको दिनमा घर नजिकैको जंगलमा लगि निमर्मता पूर्वक हत्या गरेको थियो । उनकै सम्झनामा स्थापित प्रतिष्ठानले हरेक बर्ष माघ १ गते विभिन्न सामजिक काम गदै आएको छ । साथै आज नेपाली काँग्रेसको स्थानिय तह घोषण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमले ११ वटै वडाका वडा कमिटीलाई वडा समितिमा परिणत गरेको छ । केन्द्रिय प्रतिनिधी हरिनारायण रेग्मीले प्रत्यक वडाका नाम उच्चरण गदै वडा कमिटिहरुलाई वडा समितिमा परिणत गर्नुभएको हो ।
वडाका सभापतिहरु स्वत नगर समितिको सदस्यमा चयन हुने व्यवस्था छ । साथै सोही कार्यक्रममा वडा समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!