प्रमुख समाचार

पर्वतको वारीबेनीमा महोत्सव हेर्न गएका ९ बर्षिय बालकलाई कालीगण्डकी नदीले बगायो

By लोकतन्त्र अनलाईन

February 15, 2020

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं. ३ वारी बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिवार दिउँसो कालीगण्डकी नदिले बगाएको छ । कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना गरेको महोत्सब हेर्ने गएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो । नदिले बगाएर झण्डै  सय मिटर तल पु¥याएका बालकलाई तत्काल सुरक्षाकर्मीहरुको सहयोगमा उद्धार गर्दा बालक घाईते अवस्था भेटिएका थिए । नदिले बगाएका कारण बालकको हात खुट्टा, ढाडमा समेत गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो ।