पत्र-पत्रिका

कोरोनाको त्रास : भारतले आइतबारदेखि नेपालसहितका सीमानाका बन्द गर्ने

By लोकतन्त्र अनलाईन

March 14, 2020

काठमाडौं : कोरोना भाइरसको महामारी रोक्न भारतले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल, भुटान र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ। भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ। भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्ने समाचार नयाँ पत्रिका दैनिकमा छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गर्ने निर्णय गरेको हो।