प्रमुख समाचार

बलेवामा विद्यालय संचालन गर्न महायज्ञ, असल सभ्यता र सस्कृति निर्माणका लागि शिक्षा ःउपप्रमुख खड्का

By लोकतन्त्र अनलाईन

February 14, 2020

बलेवा– वागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थान कोलपाटा मा रहेको आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उदेश्यले श्रीमद्भागवत धनधान्याञ्चल महायञ सुरु भएको छ । महायज्ञको उद्घाटन गर्दे बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले असल सभ्यता र सस्कृति निर्माणका लागि शिक्षा अत्यावश्यक भएको बताउनु भयो । उपप्रमुख खड्काले शिक्षानै सबै असल सभ्यता र सस्कृतिको जग भएको बताउनुभयो । विद्यालयले शिक्षा क्षेत्रको विकास गर्ने उदेश्यले आयोजना गरेको महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दे विद्यालयको शैक्षिक सुधारको लागी नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने वताउनु भयो । महायज्ञ मुल आयोजक समितिका संयोजक नरवहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी अनुस्का खत्रीले लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । महायज्ञको पहिलो दीन १ लाख १ सय २५ सहयोग गर्दे विद्यालयका संस्थापक अध्यक्ष जगत वहादुर जिसी सभानायक वन्नु भएको थियो । महायज्ञमा पहिलो दीन ३ लाख ७० हजार नगद शंकलन भएको छ । महायज्ञ मुल आयोजक समितिका महासचिव रत्न वहादुर खत्रीले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमको संचालन सहायक प्रधानध्यापक कृृष्ण प्रसाद सुवेदीले गर्नु भएको थियो । महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा सहित नारायणस्थान क्षेत्र परिक्रममा गरिउको थियो । आगामी ७ गते सम्म संचालन हुने महायज्ञमा वालव्यास पण्डीत नारायण न्यौपानेले संगितमय कथा प्रवचन गर्नुहुने छ । समय सापेक्ष गुणस्तरिय शिक्षा प्रदान गर्न एवं विद्यालयमा भौतिक पुर्वाधार निर्माण गर्न महायज्ञ आयोजना गरिएको वडा अध्यक्ष चक्रवहादुर खत्रीले वताउनु भयो । नर्सरी देखी कक्षा ८ सम्म अग्रेजी माध्यम वाट पढाई हुने विद्यालयमा १ सय १० विद्यार्थी अध्यनरत रहेको जनाईएको छ ।