पर्वतमा पनि मनाईयो जनयुद्ध दिवस, मुलुक आर्थिक रुपमा सम्बृद्ध नभए सम्म समाजबादको आधार तयार हुँदैन– अध्यक्ष पाण्डे - News site from Nepal

पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले आर्थिक रुपमा मुलुक सम्बृद्ध नभए सम्म समाजबादको आधार तयार नहुने बताउनुभएको छ ।
२५ औं जनयुद्ध दिवसको अवसरमा नेकपा पर्वतले आयोजना गरेको ‘समाजवाद उन्मुख जनताको जनबाद’ बिषयका प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले मुलुकमा आर्थिक सम्बृद्धि हासिल भएपछि मात्रै समाजबादको आधार तयार हुने धारणा राख्नुभएको हो ।
सम्बृद्धि हासिल गर्नका लागि आधारभूत रुपमा संबिधानमै सबै ग्यारेण्टी गरिएको तर ब्यबहारमा सम्बृद्ध बनाउन आर्थिक रुपमा देशलाई सम्बृद्ध बनाउन जरुरी भएको धारणा अध्यक्ष पाण्डेको छ । ‘समाजबादको आधार तयार गर्नका लागि मुलुकलाई आर्थिक रुपमा सम्बृद्ध बनाउन जरुरी छ’ उहाँले भन्नुभयो ‘मुलुकमा शुसासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै आधारभूत गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन जरुरी छ’ शुसासन कायम गर्ने र भ्रष्टचार नियन्त्रण नगर्ने हो भने आर्थिक सम्बृद्धिको लक्ष्य पनि हासिल नहुने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपाका तीन तहकै सरकारले गरेका राम्रा उपलब्धीहरुको जनस्तरमा प्रचार हुन नसक्दा पनि अन्यौल बढेको अध्यक्ष पाण्डेले गुनासो गर्नुभयो । उहाँले सरकारले ठुला योजनाहरु अघि बढाएको चर्चा गर्दैै अध्यक्ष पाण्डेले अहिले शुरु गरेका सबै योजनाहरु ५ बर्ष भित्र पुरा नभएपनि शुरुवात नगर्ने हो भने काम नै हुन सक्दैन ।
अहिले नेपाली जनताले नेकपालाई दुई तिहाई बहुमत दिएको चर्चा गर्दै अध्यक्ष पाण्डेले दुई तिहाई आयो भनेर गमक्क फुलेर बस्ने हो भने अर्को पटक जनताले धुलो चटाउने चेतावनी पनि दिनुभयो । अहिले पार्टी एकता र सहकार्य भएकै कारण दुई तिहाई आएको तर दुई तिहाईको घमण्ड गर्दै एक अर्कालाई होच्याउने हो भने फेरी दुर्भाग्य हुने भन्दै कार्यकर्तालाई एक अर्कालाई सम्मान गर्न आग्रह पनि गर्नुभयो । ‘दुई फरक धारबाट आएका हुनाले अन्तरघुलन अझै हुन नसकेको हो’ उहाँले भन्नुभयो ‘अब पार्टीमा भावनात्मक एकताको बिकास गर्न जरुरी छ ।’ आगामी चैत सम्म सबै पार्टी सदस्यलाई कमिटीमा संगठित गरेर एकताको सन्देश दिनुपर्छ ।

नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर हमालले जनताको अधिकार सुनिश्चित गर्ने बैज्ञानिक समाजबाद अहिलेको आबश्यकता हो भन्नुभयो । ‘नेपाली मौलिकता अनुसारको समाजबाद नै समाजबाद उन्मुख जनताको जनाबाद हो’ उहाँले भन्नुभयो‘मुलुक सम्बृद्ध बनाउनै समाजबाद अघि बढ्न कै लागि नयाँ अबधारणा आएको हो’ उहाँले पनि संबिधानले लिपिबद्ध गरेका अधिकारलाई वास्तबिक रुपमा उपभोग गर्ने बनाउनु आबश्यक भएको छ भन्नुभयो ।
नेकपा पर्वतका सचिब तथा गण्डकी प्रदेश कमिटी सदस्य सुदिप कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला कार्यालय सदस्य भक्त कुवँर र स्वागत जिल्ला कार्यलय सदस्य पदमपाणी शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!