प्रमुख समाचार

पर्वतका दुई सामुदायिक विद्यालयलाई लायन्स क्लबद्धारा हिटर वितरण

By लोकतन्त्र अनलाईन

January 13, 2020

पर्वत– जाडो याममा सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकाहरुले सहज रुपमा पठन पठान गर्न सकुन भन्ने उद्धेश्यले पर्वतमा क्रियाशिल लायन्स क्लब अफ गुप्तेश्वरले हिटर वितरण गरेको छ । कुस्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको सुर्योदय प्रा.वि र वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी प्रा.वि लाई हिटर प्रदान गरिएको हो । लायन्स क्लब अफ गुप्तेश्वजरका सदस्यहरू यम शर्मा र कृष्ण मल्लको जन्मदिनको अबसरमा उक्त हिटर वितरण गरिएको अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा लायन्स ३२५ वि १ का रिजन चियर पर्सन कृष्णप्रसाद श्रेष्ठले चिसोको समयमा हिटरको विद्यार्थीहरुले भरपूर उपयोग गर्नेमा विस्वास व्यक्त गर्नुभयो । यस्ता रचनात्मक कार्यको लागी लायन्स क्वल अफ गुप्तेस्वरलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । क्लबका अध्यक्ष मुना शर्मा लामीछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत प्रथम उपाध्यक्ष यम शर्माले र संचालन सचिव धनराज वि पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सूर्योदय प्रा बिका प्रधानध्यापक कल्याण सुबेदी र स्यानीपोखरी प्राविका प्रधानध्यापक राम वहादुर के.सीले विद्यालयलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।