प्रमुख समाचार

पर्वत महोत्सव : सकियो मैदान निर्माणको काम, शुरु भयो अग्रिम प्याकेज टिकट बुकिङ्ग

By लोकतन्त्र अनलाईन

January 13, 2020

पर्वत– समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आउन झण्डै डेढ साता बाँकी रहँदा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेका हुन् । महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सकिएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा लामो समयदेखि अलपत्र बनेको खेलमैदान तथा महोत्सव स्थलको निर्माणकार्य पुरा भएको हो । महोत्सवस्थलको निर्माणकार्य पुरा भएसँगै अब स्टल निर्माण र अन्य सजावटका कामहरु शुरु भएका छन् । महोत्सव स्थल वडागाउँ खेल मैदान निर्माण कार्य सकिएको छ मुल संयोजक केदारनाथ शर्माले भने–‘अब स्टल निर्माण लगायत अन्य तयारीहरु शुरु भएका छन् ।’ महोत्सव अगावै अग्रिम टिकट बुकिङ्ग समेत खुल्ला गरिएको छ । प्याकेज टिकट बुकिङ्ग खुल्ला गरेसँगै जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले टिकट लिन थाल्नुभएको छ । राजनीतिज्ञ, व्यावसायी लगायतले प्याकेज टिकटनै लिन थालेको आयोजकले जनाएको छ । महोत्सव स्थल कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकै रहेको महोत्सवको सचिबालयवाट अग्रिम टिकट खुल्ला गरिएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो । ११ दिनसम्म चल्ने महोत्सवमा अग्रिम टिकट बुकिङ शुल्क रु ५०० तोकिएको छ ।

महोत्सव अघिनै धमाधम टिकट विक्रि हुन थालेका छन् । महोत्सवमा हरेक विधामा उत्कृष्ट प्रहसनहरु राखिएको छ । राष्ट्रिय स्तरका लोक, हास्य, पप, आधुनिक गायकहरुको पूस्तुती सँगै हरेक दिन साँझ कन्र्सटहरु आयोजना गरिएकाले पनि यस वर्ष दर्शकहरुको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ । महोत्सव माघ ९ गतेदेखि १९ गतेसम्म हुने भएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको महोत्सवमा ५ करोडको कारोबार गर्ने अपेक्षा लिईएको छ ।