प्रमुख समाचार

पर्वतमा होली पर्वमा एक सय भन्दा बढि सवारीसाधन परे कारवाहिमा

By लोकतन्त्र अनलाईन

March 11, 2020

पर्वत – होली पर्वको अवसर पारेर जिल्ला प्रहरी कार्यालय पर्बत र ट्राफिक प्रहरीको सक्रियतामा पर्बतका बिभिन्न ठाउँहरुमा सवारी चेकजाँचमा कडाई गरीएको छ । चाडपर्वको अवसरमा अराजक गतिविधी हुने मदिरा सेवन गरी सवारी चलाउने र विना लाइसेन्स सवारी हाँक्ने हुँदा दुर्घटनाको सम्भावना बढ्ने भएकोले बिभिन्न ठाउँहरुमा चेकजाचँमा कडाई गरीएको जिल्ला ट्राफिक कार्यलय पर्बतले जनाएको छ । प्रहरीले राजमार्ग आसपास तथा सदरमुकाम कुश्मा बजारका भित्री गल्लीहरुमा सवारी चेकजाँच गरेको हो । जिल्ला ट्राफिक कार्यलय पर्बतका प्रमुख राम भट्टको नेतृत्वमा सोमबार र मंगलबार गरी झण्डै १ सय भन्दा बढी सवारी साधन चेकजाँच गरीएको थियो । चेकजाँचको क्रममा लाइसेन्स विलबुक विना सवारी हाँक्ने, मादक पर्दाथ सेवन गरेर सवारी चलाउने चालक जरिवानामा परेका छन् ।

नियम विपरीत सवारीका साधन चलाउनेलाई जरिवना सँगै सम्झाई बुझाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दे मदिरा सेवन गरेर सावरी चलाउनेलाई समेत आवश्यक कारवाहि गरीएको ट्राफिक प्रहरी सहायक निरिक्षक राजेन्द्र पौडेलले बताउनुभयो । त्यस्तै पछिल्लो समय जिल्लामा सवारीका साधन बढ्दै गएपछि ट्राफिक नियममा समेत कडाई हुँदै आएको छ । लाईसेन्स, विलबुक बिना सवारी चलाउने, आवश्यकता भन्दा बढि सवारी हाँकने, क्षमता भन्दा बढी यात्रु राख्ने र मदिरा सेवन गरी सवारी चलाउने चालकलाई कानुनी दायरामा ल्याई कारवाहि गर्ने गरीएको प्रहरीले बताएको हो ।