पत्र-पत्रिका

६ महिनामा करिब ६४ करोडको लसुन आयात

By लोकतन्त्र अनलाईन

February 11, 2020

 काठमाडौं : चालु आर्थिक वर्षका ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको पाँच हजार ७२८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेर्छौं। कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जबकि, २० दिनअघि यसको मूल्य १३० रुपैयाँ रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ०७५÷७६ मा ८३ करोड ३० लाख मूल्यको नौ हजार २७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्य बराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं।