प्रमुख समाचार

पर्वतको रतीखोलामा पुल निर्माणमा कार्यरत मजदुरको मृत्यु

By लोकतन्त्र अनलाईन

January 11, 2020

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नम्बर–६ तिलाहार स्थित रतीखोलामा निमार्णाधिन पुलमा कार्यरत एक मजदुरको ज्यान गएको छ । मोटरेबल पुलमा काम गर्ने सप्तरीका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा एक्कासी बेहोस भएर ढलेका थिए । बेहोस अवस्थामा उपचारको लागि जिल्ला अस्पताल पर्वतमा पुर्याइएकोमा उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् । उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्वत प्रहरी प्रमुख श्यामु अर्याललले जानकारी दिनुभयो । चौधरी केही समय पहिलेदेखि फेवा कन्स्ट्रक्सन प्रा.लिमा मजुदुरको रुपमा कार्यरत थिए । उनको मृत्यु शुक्रबारनै भए पनि आफन्त टाढा भएको र आउन समय लाग्ने हुने भएकोले शनिबार आज मात्र पोष्ट मार्टम गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरी प्रमुख अर्यालले जानकारी दिनुभयो ।