खेलकुद

पर्वतको पिपलटारीमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

By लोकतन्त्र अनलाईन

March 10, 2020

पर्वत– पर्वतको कुस्मा नगरपालिका वडानं. १० को वडा कार्यालय र प्रस्तावित पिपलटारी युवा क्लबको संयुक्त आयोजनामा खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुर्णेश्वर माविको प्राङगणमा सम्पन्न प्रतियोगितामा पकुवा युवा क्लब प्रथम भएको छ भने अमलाचौर प्रगतिशील बिकास समिति बा.न.पा १२ उपविजेता बनेको छ । कुल १२ समुह रहेको प्रतियोगितामा राष्ट्रिय रेफ्री राम कँडेल र सुर्य गुरुङ रहनु भएको थियोे । प्रतियोगिताको उद्घाटन सामाजिक राजनीतिक ब्यक्तित्व गणेश शर्मा पौडेल र वडा न.१० पिपलटारीइका वडा अध्यक्ष सुजन बि.क अमरले गर्नुभएको थियो । प्रतियोगिताको समापन कार्यक्रम कुस्मा कार्यपालिका सदस्य देबेन्द्र बहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । समापन कार्यक्रममा जिल्ला किर्केट संघ पर्बतका सस्थापक अध्यक्ष रेशम बहादुर के.सि, समाजका सकृय युवा सुवास रोका, नारायण अर्याल, प्रकाश थकाली, अरुण पौडेल, विधान पौडेल, बिरबहादुर नेपाली, मनुरथ के.सि लगायतको बिशेष सहयोग रहेको भलिबल प्रतियोगितामा आयोजकको तर्फ देखि बिक्रम नेपाली, अजय नेपाली, नबिन, नेपाली, बिनोद नेपाली, जिवन नेपाली, अमन खाती, रोहित परियार लगायतको उल्लेखनीय भुमिका रहेकोे थियोे । पिपलटारीमा ऐतिहासिक रुपमा पहिलो पटक आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार २० हजार मेडल र प्रमाणपत्र रहेको थियो भने द्वितीय पुरस्कार रु १० हजार मेडल र प्रमाणपत्र रहेको थियो । प्रतियोगिताको संचालन सन्तोष पौडेलले गर्नुभएको थियो ।