पत्र-पत्रिका

दुईभन्दा बढी सिलिन्डर ग्यास राख्ने उपभोक्ताको रेकर्ड राखिने

By लोकतन्त्र अनलाईन

March 07, 2020

काठमाडौं : कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको जनाएको छ। सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा भन्दा बढी ग्यास सिलिन्डर घरमा राख्नसमेत नदिने भएको समाचार राजधानी दैनिकमा छ। दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। कोरोना भाइरस हल्लाकै कारण अहिले सबैतिरका बजारमा खाना पकाउने एलपी ग्यास, दाल, चामल, चिनी, नुनलगायतका बस्तुका अभाव छ।