खेलकुद

पर्वतको फलेवासमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित

By लोकतन्त्र अनलाईन

March 05, 2020

पर्वत–विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणका कारण नेपालमा पनि सवै औपचारिक सभा सम्मेलन स्थगन गर्न सरकारले आग्रह गरेको छ । यस्तै जिल्ला स्तरमा पनि विभिन्न कार्यक्रमहरु स्थगित हुन थालेका छन् । पर्वतको फलेवास नगरपालिकाले पनि आजदेखि आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगन भएको जनाएको छ । आज बिहीवारदेखि २४ गतेसम्म संचालन गर्न लागिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप अर्को मिति तय नभएसम्म स्थगन गरिएको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

कोरोनाको जोखिमका कारण विद्यालय तहको परिक्षा चैत ५ गतेभित्रै सम्पन्न गर्नुपर्ने भएको र यो प्रतियोगिता आयोजना गर्दा विद्यार्थीहरुको पठन पाठनमा समेत प्रभाव पर्ने भएकाले तत्काललाई स्थगन गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा अन्तिम तयारी भएको अवस्थामा स्थगन गर्नुपरेको भन्दै तयारीमा जुट्ने सवै खेलाडी, जनप्रतिनिधि, कर्मचारी तथा विद्यार्थीहरुलाई नगरप्रमुख शर्माले धन्यवाद व्यक्त गर्नुभएको छ ।