पर्वतको जलजला गाउँपालिकाको माझफाट स्थायी घर भई हाल पोखरा मालेपाटन निवासी विष्णु पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । मृगौलारोग बाट पिडीत ३० बर्षीय पौडेलको यहीँ पौष ११ गते काठमाडौँ स्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । नेपाल कम्यूनिष्टपार्टी (नेकपा) वडा कमिटि मालेपाटनले मृतक पौडेलको घरमा आईतवार श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले इमान्दार,कर्मनिष्ठ र अत्यान्तै मिलनसार पौडेलको निधनले परिवारजनमा मात्र नभई आफुहरुसबैलाई अत्यान्तै दुखी एवम् मर्माहत बनाएको बताउनुभयो । शोकलाई शक्तिमा बदल्न घरपरिवार,ईष्टमित्र,छरछिमेकी सबैमा अनुरोध गर्नुभयो ।
दुखद् घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना तथा पैडेल प्रति श्रदाञ्जली अर्पण गर्दै मानिसको मरण अवश्य रहेको तर अल्पायुमै भएको निधनले अपुरणिय क्षेती पु¥याएको बताउनुभयो । पौडेल नेपाल बैंक लि.सिटि अफिस पोखरामा कार्यरत थिए । श्रद्धाञ्जली सभामा मृतकका बुबा हेमनाथ पौडेलले गहभरि आसुँ बनाउदै कबिता सुनाउनुभयो ।
कबिता छ यस्तो नियतनै यस्तै रैछ हा….. दैवको खेल कहिले होला सपनीमा मेरो मुटु सँग मेल भन्ने कुरा धेरै थियो मन भित्र रह्यो मन भित्र गुम्सीयर सडि जाने भयो ।
तिम्रो मनको जिवन साथी हामी सँग रहिन् हाम्रै घरमा गृहलक्ष्मिको वास गर्नि भईन तिम्रो याद आउदा खेरी छोरा भनि हेर्छौ अघिपछि सम्वोधन छोरी भनि गर्छौ ।
धेरै ज्ञानी रहिछन् यिनि पवित्र छिन अति यिनको चित्त दुखाएमा पिडा होला कति तिम्रो अभाव याद हुदा निराश होलिन कति एक्लो पनको महशुश हुन दिने छैनौँ रति ।
कति राम्रो जोडि थियो प्रेम पनि कति कति राम्रो जोडि भन्थे भेटिएका जति यो मुटुको टुक्रा अब कहाँ भेटिएला तिमि सँग वोल्ने धोका कैले मेटिएला ।
वाटो हिडने यूवा देख्दा मैले पाईला राक्छु मेरै छोरा होकी भनि पछि फर्की हेर्छु यो जीवनको यात्रा मेरो अझै होला कति सबै पिडा सहेर नी अव बाँचौ कति ।
उक्त कविता सुनेपछि शोकसभामा उपस्थित सबैको आँखाबाट आसुँ झरेको थिए । सभा सम्पन्न ।।