प्रमुख समाचार

पर्वतको ठुलीपोखरीमा रहेको ऐतिहासिक नेपालकै ठुलो मानव निर्मित ठुलीपोखरीको यसरी हुँदैछ पुर्ननिर्माण

By लोकतन्त्र अनलाईन

February 04, 2020

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहको मानव निर्मित नेपालकै ठुलो ठुलीपोखरीको पुर्ननिर्माण धमाधम भैरहेको छ । पोखरीलाई बाह्रैमास पानी भरेर महत्वपुर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले पुर्ननिर्माण शुरु गरिएको हो । प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगमा पुर्ननिर्माणले तीब्रता पाएको छ । पोखरीका लागि यस वर्ष रु ५० लाख बिनीयोजन भएको थियो । यसैबीच निर्माणाधिन उक्त पोखरीको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल लगायत नेकपाका नेताहरुले अनुगमन गर्नुभएको छ । पोखरी पुर्ननिर्माणको काम चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने छ ।