काठमाडौं : पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकेही नेताले पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको भन्दै गत १७ वैशाखको सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए। तर, शनिबारको बैठकमा भने एकाएक देखिएको नेताबीचको मेलमिलाप नीतिपछि नेताहरूका असन्तुष्टि र आक्रोश मत्थर मात्र भएको छैन, प्रधानमन्त्री तथा अध्यक्ष ओलीदेखि सबै नेताले आ–आफ्ना कमजोरी स्वीर्कादै आत्मआलोचना समेत गरेका छन्। प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए।