प्रमुख समाचार

झलनाथ खनालको संयोजकत्वमा एमसीसी विवाद समाधान समिति गठन

By लोकतन्त्र अनलाईन

February 02, 2020

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गरेको छ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका हुन्।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीको विरोध गरेपछि अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्। एमसीसी विवाद समाधान समिति तीन सदस्यीय हुनेछ।

झलनाथ खनाल संयोजक रहेको समिति सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल रहने प्रचण्डको प्रस्ताव छ। समितिलाई १० दिनको म्याद राखिएको छ।

जारी केन्द्रीय समिति बैठकमा आइतबार अध्यक्ष प्रचण्ड केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदैछन्। जवाफ दिनेक्रममा एमसीसी विवाद समाधानका लागि समिति गठनको प्रस्ताव गरेका हुन्।