मुख्य समाचार

कास्मिरको जंगलमा गोर्खाली सैनिक अर्जुनको मृत्यु

By लोकतन्त्र अनलाईन

January 02, 2020

 काठमाडौं : भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली अर्जुन थापामगरको मृत्यु भएको छ। भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार मगर गोरखाको रिप गाउँका हुन्।  } हतियारधारी आतंककारीलाई जवाफी फायरिङ गर्ने क्रममा घाइते भएका थापाको निधन भएको आनन्दले बताएका छन्। घटनामा भारतीय सेनामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ।