प्रमुख समाचार

पर्वत प्रहरी कार्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

January 02, 2020

पर्वत– समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी कर्मचारीहरुका लागि लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक तथा नार्कोननका दक्षिण एशियाली प्रमुख बसन्तराज कुँवरले लागु औषध भनेको के हो ? नेपालमा कति किसिमका लागु औषध पाईन्छन् ? यसको असर र यसबाट बच्ने उपायहरु बताउदै आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । समाजमा घट्ने धेरै जसो आपरधिक घटनाहरु लागु औषधको कारण घट्ने भएको हुँदा यसलाई रोक्नका लागि प्रहरी सकृय रुपमा लाग्नु पर्ने उहाँको भनाई रहेको थियो । सो अवसरमा सहभागिहरुवाट यसै विषयमा उठेका जिज्ञासाहरुको पनि नार्कोनन नेपालका संस्थापक कुँवरले जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले  से नो टु ड्रग, से एस टु लाईफ भन्ने नारालाई हामीले सदैव आत्मसाथ गरेर समाजसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरण गर्न सहज हुने कुरा बताउदै अर्यालले यस किसिमको प्रशिक्षणका लागी नार्कोनन नेपालका संस्थापक बसन्तराज कुँवरलाई धन्यवाद दिनुभएको छ । कार्यक्रमको संचालन प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काले गर्नु भएको थियो ।